site stats
बाह्रखरी :: Baahrakhari
देश
डडेलधुरामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । डडेलधुरामा आज बिहान भारी वर्षा भएको छ । जिल्लाको गाइबाणे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

थप वर्षा हुने सम्भावना रहेकाले डडेलधुरा र कन्चनपुर जिल्ला भएर बहने खोलाहरुमा बहाब बढ्नसक्ने विभागले बताएको छ । 

तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहेकाहरूलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्