site stats
बाह्रखरी :: Baahrakhari
देश
टोखामा प्रहरीले गोली चलायो, दुई जना घाइते
Argakhachi Cement Island Ad

काठमाडौं  । प्रहरीले काठमाडौंको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । टोखामा रहेको ग्रान्डी अस्पतालनजिकै गोली हानेर दुईजना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका दुई जनालाई अहिले प्रहरी अस्पताल लैजाँदै गरिएको जनाइएको छ । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रमुख एसएसपी कृष्ण कोइरालाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्