site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कम्युनिस्ट आन्दोलन समाप्त पार्न माधव नेपाल तल गिरे : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूहरूलाई पार्टीबाट निकाल्ने षड्यन्त्र गरिएको आरोप लगाएका छन् । साधारण सदस्यबाटै निष्कासन गर्ने योजना बनाइए पनि त्यो सफल नभएको उनको भनाइ छ ।

मंगलबार पार्टीको वाग्मती प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यस्तो कदम चालेको आरोप लगाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीको वरिष्ठ नेता हुँदाहुँदै नेपालले एमाले सरकार ढाल्न मतदान गरेको उनले बताए । दक्षिणपन्थी सरकार बनाउन नेपालले भोट दिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

“विचरा माधव नेपाल ! नाम त नलिए हुने हो, तर यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे, अदालत गए, कहाँ गएनन्, के गरेनन् उनले ! र, प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए,” अध्यक्ष ओलीले भने, “दुईतिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडिको सिटमा बसेर पछाडिको ढोकाबाट घोसेमुन्टो लाएर लुसुक्क गरेर हाम्रो सरकार गिराउन भोट दिए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए ।”

Global Ime bank

तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले पार्टीबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए । हाल नेपाल सो पार्टीका अध्यक्ष छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय