देश
काठमाडौं । कर्णाली नदीमा आज जलसतह सतर्कता तहभन्दा केही तल छ ।
अबका तीन दिन कोसी, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
यो अवधिमा देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा र कञ्चनपुर भई बहने केही साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ०९:१५
प्रतिक्रिया दिनुहोस्