देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ का लागि पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन पेस गर्न सकिने जनाएको छ । महानगरको पहिलो भर्ना सूचीमा कुनै गुनासो भएमा मंगलबार बेलुकी ५ बजेसम्ममा महानगरको शिक्षा विभागमा आवेदन गर्न सकिने छ ।
निवेदनउपर कारबाही सम्पन्न भएपछि म्याचिङको पहिलो भर्ना सूचीको अन्तिम नतिजा प्रकाशन गरिने छ । त्यसपछि मात्र सम्बन्धित शिक्षण संस्थामा भर्नाका लागि जान शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० २२:४५
प्रतिक्रिया दिनुहोस्