site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिँदैनौँ : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न, मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारको अभियानलाई विश्राम नलिई अगाडि बढाउने पक्षमा रहेको बताए । 

मुलुकमा सुशासन कायम गर्ने विषय पूर्वसर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहीनता, ठगी अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने हिसाबले काम गरिरहेको उनले बताए । 

मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानुनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको उनले दाबी गरे । पुरानै गतिमा काम गरेर नपुग्ने निष्कर्षमा सरकार रहेको उनको भनाइ छ ।

मुलुकमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट समृद्धिको क्षेत्रमा केही सुधार भए पनि पर्याप्त नभएको मन्त्री श्रेष्ठले बताए । अर्थतन्त्रका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याएर मात्रै समृद्धिको यात्रा तय गर्न सकिने विषयमा सरकार गम्भीर भएर काम गरिरहेको उनले बताए ।

“सरकार गम्भीरतापूर्वक सुशासन समृद्धि र सामाजिक न्यायको लक्ष्य पूरा गर्न लागि राखेका छौँ,” उनले भने, “गृह मन्त्रालयको काम अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आत्मसमीक्षाको प्रक्रियामा छौँ । त्यसलाई सुधारको अभियानका रुपमा अगाडि बढाएका छौँ ।”

गृहमन्त्री श्रेष्ठले अर्थ मन्त्रालयलाई सुपर मन्त्रालयका रुपमा ठान्न नहुने बताए । सबै मन्त्रालयलाई बजेटको सिलिङ तोक्ने आफू भएको भन्ने हिसाबले निर्देशात्मक रुपमा अर्थ मन्त्रालय जान नहुने उनले बताए । 

“अर्थ मन्त्रालय पनि सुपर मन्त्रालय होइन । अर्थ मन्त्रालय अन्य सबै मन्त्रालयलाई यस्तो गर, यस्तो नगर भन्ने होइन,” उनले भने, “देश विकास र समृद्धि साझा लक्ष्य हो । त्यसकारण सरकारसँग भएको बजेट यति हो । अहिलेको सिस्टमले केके गर्ने प्रथामिकता हेरेर सल्लाह गर्ने हो । यतातिर गयो भने मन्त्रालयगत रहेको समस्या हल गर्न सकिन्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro