site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भेरी नदीमा पानीको बहाव बढ्यो
डोल्पास्थित भेरी नदी । फाइल तस्बिर ।

जाजरकोट । भेरी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापकका अनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको हो ।

अहिले भेरी नदीमा पानीको बहाव ७.६९ मिटर पुगेको महाशाखाले जनाएको छ । भेरी नदीमा सात मिटर पानी आएमा चेतावनी र आठ मिटर पुगे खतरा मानिन्छ ।

अझै पानीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

भेरी नदीको तल्लो तटीय क्षेत्रमा रानीघाट, पाग्म, चेपाङ, तिखाकुनालगायत बस्ती रहेका छन् । स्थानीय प्रशासनले पालिकाको समन्वयमा ती क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै, जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भेरी करिडोरभित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढेको छ । सबै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रजिअ सुनारले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro