site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चौबीस घण्टामा सबैभन्दा धेरै वर्षा कहाँ भयो ?
फाइल तस्बिर

काठामाडौं । केही दिनदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । अझै केही दिन वर्षाको सम्भावना रहेको छ । 

पछिल्लो चौबीस घण्टामा सबैभन्दा धेरै वर्षा बर्दियामा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बर्दियामा १७० मिलिमिटर वर्षा भएको छ । 

“सुर्खेत र मकवानपुरमा एक सय मिलिमिटरभन्दा माथि, इलाममा ९० मिलिमिटरभन्दा माथि वर्षा भएको छ,” मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने, “लमजुङ, सुर्खेतलगायत स्थानमा पनि भारी वर्षा भएको छ ।” 

न्यूनचापीय रेखा पहाडी भू–भागको नजिक, देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना 

यसैबीच, अझै दुई/तीन दिन देशका धेरै स्थानमा वर्षा हुने उनको भनाइ छ । न्यूनचापीय रेखा दक्षिणतिर सर्न थालेपछि वर्षा कम हुनेछ । “न्यूनचापीय रेखा अबको दुई/तीन दिनदेखि दक्षिणतिर सर्न थाल्नेछ । त्यअघि आज र भोलि पनि भारी वर्षाको सम्भावना रहेको छ,” उनले भने । 

आज बिहान छुटपुट वर्षा भएको काठमाडौंमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए ।

नेपालमा अहिलेसम्मकै धेरै वर्षा कहाँ कहिले ?

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro