site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा अहिलेसम्मकै धेरै वर्षा कहाँ कहिले ?
प्रतीकात्मक तस्बिर

काठमाडौं । नेपालमा हालसम्म चौवीस घण्टामा सबैभन्दा धेरै वर्षा हेटौंडामा भएको तथ्यांक छ । सन् २०१७ अगस्ट १३ मा हेटौंडामा ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो । 

“नेपालमा वर्षा मापनको तथ्यांक राख्न सुरु गरेदेखि अहिलेसम्म सबैभन्दा धेरै वर्षा भएको हेटौंडामा ५१६.२ मिलिमिटर हो,” मौसमविद् सुदर्शन हुमागाईंले बाह्रखरीसँग भने । 

जल तथा मौसम विज्ञान विभागले १९४७ देखि जल तथा मौसमको तथ्यांक राख्न सुरु गरेको थियो । “कैलालीको चिसापानीमा २०१४ अगष्ट १५ मा ४९९.८ मिलिमिटर वर्षा मापन गरिएको थियो, यो नेपालमा चौवीस घण्टामा दोस्रो सबैभन्दा धेरै वर्षा भएको तथ्यांक हो,” मौसमविद् हुमागाईंले भने । 

झापाको कन्काई गैडामा १९८४ सेप्टेम्बर १६ मा ४३७ मिलिमिटर वर्षा भएको थियो । “यो तेस्रो सबैभन्दा धेरै पानी परेको तथ्यांक हो,” हुुमागाईंले भने । 

यो वर्ष भने हमालसम्म सबैभन्दा धेरै वर्षा कैलालीको चिसापानीमा भएको छ । सोमबार चिसापानी केन्द्रमा ४२४.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । 

जल तथा मौसम विज्ञान विभागले १९४७ देखि जल तथा मौसमको तथ्यांक राख्न सुरु गरे पनि सुरुका वर्षमा जल मापन केन्द्रको संख्या निकै न्यून थियो । “८० को दशकदेखि जल मापन केन्द्रको संख्या बढाइएको थियो” मौसमविद् हुमागाईं भन्छन्, “त्यसपछि हो देशका धेरै क्षेत्रको वर्षा कभर गर्न सकिएको र तथ्यांक आउन थालेको ।” 

अहिले देशभर सात सयको संख्यामा वर्षा मापन केन्द्र छन् । यसमध्ये केही मापन केन्द्र अटोमेटिक (स्वचालित) र केही म्यानुअल (मानव सञ्चालित) रहेका छन् । 

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी हुन आज भारी र धेरै भारी पानी पर्ने भू–भाग


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro