site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीलाई भेट्न एलिजा गौतम बालकोटमा, भन्छिन्– 'बुवा'सँग विशेष भेटवार्ता भयो

काठमाडौं । अभिनेत्री एलिजा गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । उनले ओली 'बुवा'सँग बालकोटमा विशेष भेटवार्ता भएकी बताएकी छन् । 

उनले ओलीसँगको आजको भेटपछि आफ्नो राजनीति र समाजसेवा गर्ने हुटहुटीमा मलजल पुगेको बताएकी छन् ।

फेसबुकमा तस्बिरहरू राख्दै उनले लेखेकी छन्, "नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुवाले दर्शाउनुभएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, ऊर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु । आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ । बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्ने छ ।"

गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनले ५ महिनामै राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेकी थिइन् । 

हेर्नुहोस् तस्बिरहरू :

 

Oli-Eliza-51691946405.jpg

Oli-Eliza-41691946403.jpg

Oli-Eliza-31691946400.jpg

Oli-Eliza-21691946399.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro