site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गुरागाईंको गीतिसंग्रह ‘शब्दहार’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । अनुवादका क्षेत्रमा क्रियाशील स्रष्टा राजेन्द्र गुरागाईंको पहिलो मौलिक कृतिका रूपमा गीतिसंग्रह ‘शब्दहार’ सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि डा. विष्णुविभु घिमिरेलगायतले गीतसंग्रहको विमोचन गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

विमोचन मन्तव्यका क्रममा डा. घिमिरेले गुरागाईंका गीति रचना सरल शब्दमा राम्रो भावको भएको बताए । उनले गीतकार गुरागाईंसँगको सम्बन्ध विराटनगरमा पढ्दादेखि नै भएको स्मरण गर्दै गीत मनको भाषा र बालकको मुस्कानझैँ भएको उल्लेख गरे ।

कृतिको समीक्षा गर्दै साहित्यकार प्रमोद प्रधानले गीतकार गुरागाईंले पहिले राजेन्द्र धनञ्जयका नामले कविता लेख्ने गरेको चर्चा गर्दै उनका गीतहरूले माटोप्रतिको प्रेम प्रस्तुत गरेको बताए ।

Global Ime bank

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा गीतकार राजेन्द्र गुरागाई, ऋषभदेव घिमिरे, राधेश्याम लेकाली, राधिका गुरागाईं, डा. शान्तिमाया गिरी, मधु पाठकलगायतले बोलेका थिए ।

विशेषतः बंगाली भाषामा नेपाली कृति र बंगाली भाषाका रचना नेपालीमा अनुवाद गर्दै आएका गुरागाईंका दुई अनुदित कृति प्रकाशित छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय