राजनीति

काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवीले मन्त्रीको शपथ सोमबार लिने भएकी छन् ।
उनले भोलि बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने तालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनलाई मन्त्री बनाउन सरकारले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाइसकेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १९:३८
प्रतिक्रिया दिनुहोस्