site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले ल्हारक्यालको भारी बोक्दैन : शेखर कोइराला
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जातको आधारमा राज्य बाँड्छु भनेर बोल्ने अधिकार नभएको बताएका छन् । आइतबार संसदीय दलको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको हैसियतमा यस्तो अभिव्यक्ति अस्वभनीय भएको उनले बताए ।

बैठकमा सहभागी एक सांसदका अनुसार शेखरले आदिवासी जनजाति दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले बोलेको विषयमा आपत्ति जनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“आदिवासी जनजाति दिवसको दिन प्रमले भन्नुभयो– माओवादीलाई भोट दिनुहोस्, जातीय राज्य दिन्छौं भन्नुभयो । प्रधानमन्त्री भएर यसरी बोल्ने अधिकार छैन । पार्टीको अध्यक्षको हैसियतले बोल्दा हुन्छ । तर प्रम भएर यसरी बोल्न पाइँदैन,” शेखरको भनाइ उद्धृत गर्दै ती सांसदले भने ।

बैठकमा शेखरले विवादित छविका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषमा नियुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको ती सांसदले बताए । उनले यो अपजसको भारी कांग्रेसले बोक्न नसक्ने धारणा राखेका छन् ।

Global Ime bank

“अपजसको भारी बोक्न चाहँदैनौँ भने ल्यारक्याल लामा जस्ता व्यक्तिहरुलाई अब्जेक्ट गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन । म पनि चिन्छु, सँगै बसेर गफ हुन्छ । तर यसरी नियुक्त गर्दाखेरि पार्टी पनि जोडिएको छ । पार्टीको भविष्य र छविमा प्रश्न उठेको छ,” शेखरले बैठकमा भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !