site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उमेदवार टुंगो लगाउन बसेको कांग्रेस संसदीय समिति बैठक जारी  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उमेदवार तय गर्न नेपाली कांग्रेस संसदीय समितिको बैठक अहिलेपनि जारीे छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि उमेदवार तय गर्न शुक्रबार बिहानबाट बैठक जारी रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

शुक्रबार बिहान साढे ८ बजेदेखि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी संसदीय समितिको बैठक अवेर रातिसम्म चल्ने उनले बताए । मुख्य सचिव पौडेलका अनुसार बैठकमा दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि योग्य उमेदवार छान्ने विषयमा छलफल भइरहेको छ । 

यसअघि बिहीबारको बैठकले शीर्षसहित २२ जना नेताको उमेदवारी तय गरेको थियो । बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुराबाट, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट, महामन्त्री डा. शशांक कोइराला नवरपुर–१ बाट, प्रकाशमान सिँह काठमाडौं–१ बाट, गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट र विमलेन्द्र निधि धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने तय गरेको हो । 

Royal Enfield Island Ad

यस्तै विजयकुमार गच्छदार सुनसरी–३, पूर्णबहादुर खड्का सुर्खेत–१, महेश आचार्य मोरङ–४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४, रमेश रिजाल पर्सा–४, डा. नारायण खड्का उदयपुर–१, डा. मिनेन्द्र रिजाल मोरङ–२, डा. प्रकाशशरण महत काठमाडौं–५, फरमुल्लाह मन्सुर बारा–३, एनपी साउद कञ्चनपुर–२, अर्जुनप्रसाद जोशी पर्वत–१, डा. शेखर कोइराला मोरङ–६, नविन्द्रराज जोशी काठमाडौं–८, गगनकुमार थापा काठमाडौं–४, रमेश लेखक कञ्चनपुर–३ र नारायणबहादुर कार्की उदयपुर–२ बाट प्रतिनिधि सभाका लागि चुनाव लड्ने कांग्रेसले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०७४  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro