site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कारागार कैदी मृत्यु प्रकरण : आफन्तले शव बुझ्न मानेनन्
प्रतीकात्मक तस्बिर ।

संखुवासभा । जिल्ला कारागार संखुवासभामा कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्न मानेका छैनन् ।

प्रहरीको कुटपिटपछि बुधबार बिहान संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोेद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २७ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । पीडित पक्ष र स्थानीय प्रशासनको सहमतिमा चार दिनपछि शनिबार दुई कैदीको शव परीक्षण भने गरिएको छ ।

पीडित पक्षसँग सहमतिपछि शनिबार दिउँसो शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

किटानी जाहेरीपछि शव परीक्षण गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझेनन् ।

पीडितले किटानी जाहेरी दिएका आधारमा कारागारमा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नाम मात्र जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको छ ।

अनुसान्धान टोलीले सीसीटीभी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ गर्नु शंकास्पद रहेको पीडितको गुनासो छ । सीसीटीभी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो ।

घटनालगत्तै पीडित पक्षले विरोध गरेपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिले शुक्रबारदेखि छानबिन थालेको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro