site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो
तस्बिर : एपी ।

काठमाडौं । अमेरिकाको हवाई राज्यको माउ टापुमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृतकको संख्या ६७ पुगेको माउ टापुका अधिकारीहरूले बताएका हुन् ।

अहिले पनि आगो निभाउने प्रयास जारी छ । बुधबार ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो । बिहीबार थप १९ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको ठूलो क्षति भएको नागरिकको गुनसो छ । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा बढी क्षति भएको छ । भवन, अस्पताल ध्वस्त भएका छन् । सयौँ परिवार विस्थापित भएका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुनेबित्तिकै क्षतिको मूल्यांकन गरिने बताएका छन् ।

दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । यहाँ सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो । त्यसको १४ वर्षअघिको सुनामीमा १६० जनाले ज्यान गुमाएका थिए ।

त्यसपछि आपत्कालको सूचना दिन सहरबजारमा साइरन जडान गर्न थालिएको थियो । तर, योपटक वनबाट फैलिएको आगोले माउलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने उत्तर हवाईका नागरिकको प्रश्न छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro