site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती नदीमा आज जलसतह सतर्कता तहमा पुग्ने सम्भावना 
प्रतीकात्मक तस्बिर

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । काठमाडौं, ललितपुर, भक्तपुर र सिन्धुपाल्चोकमा आज बाढीको उच्च जोखम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

वाग्मती नदीको जलसतह आज सतर्कता तह आसपास पुग्नसक्ने  पूर्वानुमान रहेको छ । 

देशका धेरै स्थानमा आज भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले इलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोकमा बाढीको जोखिम रहेको छ । 

मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलकुरा र आसपास भई बहने नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान रहेको छ ।

नेपालमा अहिलेसम्मकै धेरै वर्षा कहाँ कहिले ?

मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बाग्लुङ, नवलपरासी, रुपन्देही, कपिलवस्तु भएर बहने नदी तथा खोलामा पनि बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, डोटी, अछाम, दार्चुला, बैतडी र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ । 

यी जिल्लाका नदी तथा खोलाका तटीय क्षेत्रमा रहने र करिडोरबाट यात्रा गर्दा सजग हुन पनि महाशाखाको आग्रह छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro