site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साँघुरा गल्ली
Sarbottam CementSarbottam Cement

सुरभी रेग्मी


सहरका साँघुरा गल्लीमा
अचेल के छन् ?
भूकम्पले चर्किएका पुराना घर छन्,
चोरहरूले लुटेका खाली आलमारी छन्,
घरका कुनाहरूमा फालिएका 
पुराना बिजुलीका बिलहरू छन्,
असंख्य लासहरूका थुप्रो छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

सहरका चोकहरूमा मठ–मन्दिरका भग्नावशेष छन्,
चेप्टा बाटाहरूमा लस्करै फ्याँकिएका सब्जी छन्,
भिखारीका झोलामा पित्तलका सिक्काहरू छन्,
गरिबका घरमा 
बाजेबजूका आँखामा आँसु छन्,
अचेल सहरका साँघुरा गल्लीमा
भड्किएका मानिसका चिच्याहट सुनिन्छन् ।

अचेल सहरका साँघुरा गल्ली
डरमर्दा देखिन्छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय