
काठमाडौं । उत्तमशान्ति पुरस्कार–२०८० रोशन शेरचनले प्राप्त गरेका छन् । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले चार दशकदेखि प्रदान गर्दै आएको यो पुरस्कार शेरचनको ‘गल्ली संसार’ले प्राप्त गरेको हो ।
“२०८० सालभरिमा प्रकाशित गैरआख्यान कृतिहरूमध्ये जीवन–जगत, मानवीय सम्बन्ध, पर्यावरणीय चेतनालगायत विविध विषयलाई प्रखर बौद्धिकता, कलात्मक शिल्प, सुललित भाषा र वैचारिक विश्लेषणसहित प्रस्तुत गरी निबन्ध परम्परामा नवीन योगदान गरेवापत रोशन शेरचनद्वारा लिखित गल्ली संसार कृतिलाई वि.सं २०८० को उत्तमशान्ति पुरस्कार समर्पण गर्ने निर्णय गरिएको छ,” गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कारमा ताम्रपत्रसहित एक लाख नगद रहेको छ । पुरस्कार यही जेठ २५ गते एक समारोहबीच समपर्ण गरिनेछ ।