site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पुटिनले हटाए रक्षामन्त्री, जो साइबेरियामा माछा मार्ने उनका साथी थिए
SkywellSkywell

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई हटाएका छन् । युक्रेनसँग युद्ध चलिरहेका बेला पुटिनले लामो समयदेखि आफ्नो सहयोग गरिरहेका ६८ वर्षिय शोइगुलाई हटाएर उनको स्थानमा उपप्रधानमन्त्री तथा अर्थशास्त्री एन्द्रेई बेलोयसोभलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।
 
सर्गेईलाई रसियाको सुरक्षा परिषद्को प्रमुखको रुपमा पुनःस्थापित गरिएको क्रेमलिनले जनाएको छ । उनी २०१२ देखि रुसको रक्षामन्त्री रहँदै आएका थिए । शर्गेइले रुसको युक्रेनसँगको युद्धका क्रममा महत्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि, उनको कार्यकालमा युक्रेनसँगको युद्धका क्रममा निकै ठूलो क्षति समेत व्यहोर्नु परेका कारण आलोचित समेत रहँदै आएका थिए । रुसी संसद्को माथिल्लो च्याम्बरबाट प्रकाशित वक्तव्यमा शोइगुलाई उपप्रधानमन्त्री बेलोउसोभले प्रतिस्थापन गर्ने जनाइएको छ ।

पुटिनले शोइगुलाई सुरक्षा परिषद्बाट निकोलाई पत्रुशेभलाई हटाएर त्यहाँ लैजान चाहेको रुसी सरकारका कागजातले देखाएका छन् । तर, पत्रुशेभलाई कहाँ लगिन्छ भन्ने अझै प्रष्ट छैन । शोइगुको पुटिनसँग राम्रो सम्बन्ध रहेको थियो । उनी पुटिनलाई आफ्नो जन्मस्थान साइबेरियामा बेला–बेलामा माछा मार्ने ट्रिपमा लिएर जाने गरेका थिए ।

Dabur Nepal
NIC Asia

उनलाई यसअघि रक्षा मन्त्रालयबिना सैन्य अनुभव दिइएको थियो । इन्जिनियर रहेका उनलाई १९९० को दशकमा त्यहाँको इमर्जेन्सी एण्ड डिजास्टर रिलिफ मन्त्रालयको प्रमुख बनाइएको थियो । नयाँ रक्षामन्त्रीको पनि सैन्य मामिलामा कुनै अनुभव नभएकाले उनलाई उक्त पदमा ल्याइनुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन् । 

तर, विश्लेषकहरूले अर्थशास्त्रीलाई रक्षामन्त्री बनाएर पुटिनले रुसी अर्थतन्त्र र युद्धलाई परस्पर सम्बन्धित गरेर लैजान खोजेको अनुमान गरेका छन् । क्रेमलिनका प्रेस प्रवक्ता दिमित्री पेस्कोभले सिभिलियनलाई रक्षामन्त्रीमा प्रस्तावित नियुक्ति ‘नवीनता’ भएको जनाएका छन् । उनले रुस मध्य १९८० को दशकको सोभियत संघजस्तै हुँदै गएको जनाउँदै जतिबेला जीडीपी (कूल गार्हस्थ उत्पादन)को उच्च अनुपात सैन्य खर्चमा गएको बताउँछन् ।

त्यसैले सैन्य खर्चलाई रुसको समग्र अर्थतन्त्रसँग एकीकृत ढंगले अघि बढाउने सुनिश्चितता जरुरी रहेको उनले बताए । यसअघि आर्थिक विकास मन्त्री रहिसकेका नयाँ रक्षामन्त्री सन् २०१४मा क्राइमियालाई रुसमा मिलाउने प्रक्रियामा पुटिनलाई सघाउने मुख्य सहयोगी समेत थिए । पुटिनले गएको मंगलबारमात्रै राष्ट्रपतिको ६ वर्षे पाँचौं कार्यकाल सुरु  गरेका हुन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu