site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अश्विनकुमारको ‘समृद्धिको हुटहुटी’ लोकार्पित
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंकर तथा लेखक अश्विनकुमार पुडासैनीद्वारा लिखित ‘समृद्धिको हुटहुटी : सुशासन र समृद्धिका १०१ पाइला’ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि हृदयरोग विशेषज्ञ डा. अरूण मास्केलगायतले पुस्तक सार्वजनिक गरे । डा. मास्केले चिकित्सकको काम नै बिरामीको उपचार गर्नु हो भन्दै सिर्जनशील व्यक्तिको आफूले सधैँ कदर गर्ने गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा कृतिको समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. कृष्ण हाछेथुले पुस्तकमा लेखकले जति बुँदा उठाएका छन् । ती सबै हरेकका लागि काम लाग्ने रहेको बताए । उनले लेखकको अर्को कृति पनि आउनेमा विश्वास व्यक्त गरे ।

अर्का समीक्षक डा. ध्रुव आचार्यले साना साना विषयहरू कसरी व्यवस्थापन गर्ने भन्ने यस पुस्तकमा उल्लेख भएको बताए । 

Global Ime bank

कृतिकार पुडासैनीले आफूलाई हृदयाघात भएको क्षण सम्झना गर्दै उपचार उप्रान्त आफ्नो दृष्टिकोण परिविर्तन भएको बताए । उनले आफूले जानेका, भोगेका कुरा समाजका लागि प्रस्तुत गर्नैका लागि यो पुस्तक लेखेको उल्लेख गरे ।

दिव्य देउराली प्रकाशन प्रा.लि.द्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी ज्योति अधिकारी, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, पुस्तकका सम्पादक शरत्चन्द्र वस्ती, शालिग्राम खनाल, रमेश पाण्डे र डा. घनश्याम खतिवडाले बोलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय