site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपा नेपाल बाहिरिदैमा संकटमा पर्दैन सरकार, कति छन् पक्षमा ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । 

जसपा नेपालका तर्फबाट उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार राजीनामा बुझाएका हुन् ।

जसपा नेपालको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारबाट सत्ता साझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि उपेन्द्रले केन्द्र सरकार छाडेका हुन् । जसपा नेपाल फागुन २७ गते सरकारमा सामेल भएको थियो । सत्ता गठबन्धनको गढबढले उपेन्द्र दुई महिनामै सत्ताविहीन बनेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उपेन्द्र बाहिरिँदा सरकारलाई असर पर्छ ? 

उपेन्द्र यादवको पार्टी बाहिरिँदा पनि सरकारमा पाँच दल छन् । अंकगणितीय रुपमा हेर्दा सरकारलाई अफ्ठ्यारो पर्ने देखिँदैन ।  जसपा नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमै रहेकाले प्रचण्ड नेतृत्वको सरकारलाई गणितीय रुपमा सहजै छ  । 

Global Ime bank

२७५ सदस्यीय संसद्को विश्वास रहन १३८ सांसदको आवश्यकता पर्छ । प्रचण्डलाई अझै पनि १४७ सांसदको साथ छ । प्रतिनिधिसभामा सत्तासाझेदार ठूलो दल नेकपा (एमाले) को सभामुखसहित ७९ सांसद रहेका छन् । 

जसमा टोपबहादुर रायमाझी भने निलम्बित छन् । त्यसैले एमालेका ७७ सांसद छन् ।  सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग ३२ सांसद रहेका छन् ।

सरकारको तेस्रो ठूलो घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ सांसद रहेका छन् ।  त्यसैगरी सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का १० सांसद रहेका छन् । 

उपेन्द्र यादवको पार्टीबाट फुटेर नयाँ बनेको जसपासँग ७ सांसद रहेका छन् । पार्टी विभाजन हुँदा उपेन्द्रसँग १२ मध्ये ५ सांसदमात्रै रहेका छन् । उनी बाहिरिँदा सरकारलाई पाँच सांसदको मात्रै समर्थन रहने छैन । 

प्रचण्डलाई स्वतन्त्र ३ सांसदहरुको साथ रहँदै आएको छ । त्यस्तै, चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद छ । 

अध्यक्ष रञ्जीता श्रेष्ठ प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिनुपर्ने पक्षमा उभिँदै आएकी छन् । यसरी हेर्दा प्रचण्डलाई १५४ सांसदको समर्थन देखिन्छ । तर उनको पार्टी सरकारमा सहभागी छैन । जुन प्रतिनिधिसभाको ५६ प्रतिशत हो । 

सरकारको विपक्षमा कति छन् ? 

संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग ८८ सांसद रहेका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनमतका ६ सांसद रहेका छन् ।  सरकारको विपक्षमा रहेका राष्ट्रिय जनमोर्चाका १ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का १ सांसद रहेका छन् । 

समर्थनको घट्दो ग्राफ 

०७९ पुष १० गते कांग्रेससँगको गठन्धन छोडी एमालेसहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।  पहिलोपटक पुस २५ गते विश्वासको मत लिँदा प्रचण्डले २७५ सदस्यीय संसदको २६८ सांंसदको विश्वास पाएका थिए । 

अर्थात् उनको समर्थनमा प्रतिनिधिसभाको ९७.४५ प्रतिशत सांसद थिए । त्यतिबेला गठबन्धन तोडे पनि कांग्रेससहितका दलले प्रचण्डलाई विश्वासको मत दिएका थिए ।  प्रचण्डले एमालेसँगको गठबन्धन तोडेपछि दोस्रोपटक फागुन ०६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला उनको पक्षमा १७२ मत परेको थियो । जुन ६२.५५ प्रतिशत हो । 

त्यस्तै, पुनः गठबन्धन बदल्दा १५ महिनको अवधिमै तेस्रोपटक विश्वासको मत लिएका थिए ।  ०८० फागुन ३० गते विश्वासको मत लिँदा प्रचण्डको पक्षमा १५७ सांसद उभिएका थिए । जुन २७५ सदस्ययीय संसद्को ५७ प्रतिशत हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय