site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली अस्वस्थ भएपछि गाउँपालिकाको भवन उद्घाटन कार्यक्रम स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बारा जाने कार्यक्रम स्थगित गरेका छन् ।

सोमबार ओलीले बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम थियो । गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले ओली अस्वस्थ भएकाले कार्यक्रम स्थगितको विज्ञप्ति आइतबार नै जारी गरेका छन् । अब आउँदो जेठ ४ गते भवनको उद्घाटन गरिने उनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

अध्यक्ष ओलीको सचिवालयका अनुसार, उनलाई रुघा लागेको छ । त्यसैले उनी निवासमै आराम गरिरहेका छन् । “अध्यक्ष (केपी ओली)लाई रुघाखोकी लागेको छ, निवासमा नै आराम गरिरहनुभएको छ,” ओलीको सचिवालयले बाह्रखरीसित भन्यो ।

dsf-1715587421.png
 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro