site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राधिकरणको बक्यौता नतिर्ने सिम्रिक एयरलाई पर्यटनमन्त्रीले दिएका थिए हेलिपोर्ट निर्माणको सहमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि सिम्रिक एयरको सबै उडान बन्द गरिदिएको छ । प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नतिरेपछि उडानमा रोक लगाइएको हो । पछिल्लो दुई आर्थिक वर्षको बक्यौता रकम तिर्न बाँकी रहेपछि प्राधिकरणले उडानमा रोक लगाएको हो । प्राधिकरणका अनुसार सिम्रिक एयरले प्राधिकरणलाई ४६ लाख रुपैयाँ बक्यौता रकम तिर्न बाकी छ ।

सिम्रिक एयर त्यही कम्पनी हो, जसलाई करिब दुई महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजी क्षेत्रबाट पहिलोपटक हेलिपोर्ट निर्माण गर्ने सैद्धान्तिक सहमति दिएका थिए । सरकारले सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापुडाँडामा हेलिपोर्ट निर्माण गर्न गत जेठ २६ गतेको मन्त्रीस्तरीय निर्णयद्वारा सहमति दिइएको थियो ।

Dabur Nepal
NIC Asia

मन्त्री किरातीले सिम्रिक एयरको निवेदनका आधारमा नै बिनाप्रतिस्पर्धा हेलिपोर्ट निर्माण गर्ने सैद्धान्तिक सहमति दिएका थिए । मन्त्रालयले नेपाली सेनाको राय सुझावलाई बेवास्था गर्दै सिम्रिक एयरलाई हेलिपोर्ट बनाउने निर्णय दिएको थियो ।

नेपाली सेनाले वैशाख ६ मा विभिन्न आन्तरिक सुरक्षा, तस्करी तथा गैरकानुनी गतिविधि निगरानी/नियन्त्रण गर्ने काम चुनौतीपूर्ण हुने उल्लेख गर्दै सुरक्षा संवेदनशीलता बढ्न जाने भएकाले निजी कम्पनीलाई हेलिपोर्ट निर्माण र सञ्चालन गर्न दिन नहुने सुझाव दिएको थियो ।

रक्षा मन्त्रालयले अध्ययन गरेर मात्रै अनुमति दिन सुझाव दिए पनि उक्त सुझावको बेवास्ता गर्दै सिम्रिकलाई हेलिपोर्ट निर्माण गर्न स्वीकृति दिएपछि मन्त्री किरातीको उक्त निर्णय विवादमा तानिएको थियो ।

पछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयलाई एक पत्र बुझाउँदै निजी क्षेत्रलाई हेलिपोर्ट निमार्ण गर्न दिने मन्त्रालयको निर्णय कानुनी र प्राविधिक रूपले कार्यान्वयन गर्न सम्भव नरहेको जनाएको थियो ।

प्राधिकरणले निजी क्षेत्रबाट हेलिपोर्ट निर्माण तथा सञ्चालन हुँदा सुरक्षा चुनौती बढ्न सक्ने बताएको थियो । सुरक्षा चुनौतीहरू विश्लेषण गरेर मात्र हेलिपोर्ट निर्माण कार्य अगाडि बढाउन उपयुक्त हुने प्राधिकरणको सुझाव थियो ।

साथै, अति संवेदनशील कार्यहरू सरकारबाहेक अन्य निकायलाई समानान्तर हुने गरी दिँदा सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुने प्राधिकरणको दाबी थियो । महत्त्वपूर्ण र संवेदनशील मानिने हवाईका भौतिक पूर्वाधार निर्माण गर्दा सतर्कता अपनाउनुपर्ने प्राधिकरणले जनाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro