site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गौर घटनाका पीडितसँग सरकारको सहमतिले झस्कियो जसपा, सत्ता सहकार्य नै टुंगिनसक्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । गौर घटनाको विषयमा सरकार र पीडितबीचको सहमतिलाई लिएर जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । मंगलबार सरकार र पीडित पक्षबीच पाँचबुँदे सहमति भएपछि जसपाले सत्ता सहकार्यकै विषयमा छलफल थालेको छ ।

जसपाले सरकार र पीडितबीच भएको सहमतिलाई जसपाविरुद्धको षड्यन्त्रको रूपमा अथ्र्याएको छ । उसले सत्ता सहकार्यसहितका विषयमा निर्णयमा पुग्न आवश्यक भन्दै छलफल सुरु गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले आफूहरुविरुद्ध षड्यन्त्र भएको बताए । उनले बैठक बसेर आधिकारिक धारणा बाहिर ल्याउने पार्टीको तयारी रहेको जानकारी दिए ।

“पार्टीले यसलाई गम्भीर रुपमा लिएको छ । यो सामान्य र हल्का रुपले लिने कुरा भएन । पार्टीले बैठक बसेर औपचारिक धारणा ल्याउँछ, कसरी अघि बढ्ने भनेर,” यादवले बाह्रखरीसँग भने, “हिजोको सम्झौता सामान्य होइन । यसमा हामीविरुद्ध षड्यन्त्र भएको छ ।”

Global Ime bank

सरकार छाड्ने हो भन्ने प्रश्नमा उनले बैठकपछि मात्र बोल्न सकिने जानकारी दिए । बैठक बस्ने टुंगो नभएको भन्दै उनले जतिबेला जहाँ पनि बस्न सक्ने बताए । यता, अध्यक्ष उपेन्द्र यादवले सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमतिको विषयमा टेलिफोन गरिसकेका छन् ।

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित सुगर मिल्स मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा (माओवादी)बीच झडप हुँदा २७ माओवादी कार्यकर्ता मारिएका थिए । आमसभाको कार्यक्रम एकैदिन एकै स्थानमा तोकिएपछि दुई पार्टीबिच झडप भएको थियो ।

गौर घटना भनेर चिनिने उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको प्रकृया अहिलेसम्म अघि बढाइएको छैन । त्यसबेला किटानीसहित दिइएका जाहेरीमा समेत सुनुवाइ नभएपछि पीडितहरु आन्दोलित थिए । घटनाको १७ वर्षपछि गृह मन्त्रालयले पीडितहरूसँग पाँचबुँदे सम्झौता गरी त्यसबेलाका जाहेरीसहित घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति गरेपछि जसपा बिचलित भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय