site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वर्षमान पुन भन्छन्– सुनकाण्डमा आरोप लाग्दैमा कोही अपराधी हुँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुनकाण्डमा आरोप लाग्दैमा कोही अपराधी नहुने बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने क्रममा उपमहासचिव पुनले आरोप लागेका माओवादी नेताहरु पुष्टि भए कानुनी दायरामा जाने बताए ।

“कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए उ जान्छ,” उपमहासचिव पुनले भने, “तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

पुनले सुन तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प पनि बाँकी रहेको बताए ।

पुनलाई साउन १७ देखि २२ सम्म बसेको केन्द्रीय समिति बैठकले उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी तोकेका थियो । यसअघिका इन्चार्ज लीलामणि पोखरेलको मधेस प्रदेशमा जिम्मेवारी तोकिएपछि उनको बिदाइ भएको छ ।

Global Ime bank

अबका निर्वाचनमा डायस्पोरा निर्णयक हुन्छ

उपमहासचिव पुनले अबका निर्वाचनमा देशबाहिरका नेपाली निर्णायक हुने बताए । प्रविधिको उच्चतम विकास र प्रयोगले मुलुकको राजनीति नै बदल्ने हैसियत विदेशमा बस्ने नेपालीहरुको बनेको पुनको भनाइ थियो ।

“आजको युग प्रविधिको युग हो । पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ,” उपमहासचिव पुनले भने, “प्रविधिका कारण अबका निर्वाचनहरुमा देशभित्रका भन्दा विभिन्न शिलशिलामा देशबाहिर रहेका नेपालीहरु निर्णायक हुने जस्तो देखिएको छ । वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको छ ।”

त्यसक्रममा पुनले पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेन्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशन दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement