site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दोलखामा पहिरोमा पुरिएर बालकको मृत्यु
गौरीशंकर–७ मा खसेको पहिरोको दृष्य । फाइल तस्बिर ।

दोलखा । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२, ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।

तामाकोसी नदीमा माछा मार्न जाने क्रममा पहिरोमा पुरिएर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

उनी गए राति माछा मार्न तामाकोसी नदीतर्फ जाँदै गर्दा बाटोमा पहिरोमा पुरिएका थिए । तामाङसँगै गएका अरू तीनजनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

केही दिनअघि गौरीशंकर गाउँपालिका–७ मा पहिरोमा पुरिएर दुईजनाको ज्यान गएको थियो । पहिरोमा परेर दुईजना अझै बेपत्ता छन् । रासस

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro