site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन तस्करी घटनापछि राष्ट्रिय सुरक्षा संवेदनशीलता बढ्यो : गृहमन्त्री श्रेष्ठ 

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी घटनाले संगठित अपराधको जालो बढाउने काम गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको रोस्टममा उभिएर उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा संवेदनशीलता बढाएको बताए ।

“यसले हाम्रो देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्‍याएको छ । राजस्वमा नकारात्मक असर पुर्‍याएको छ । यसले हाम्रो अर्थतन्त्रमा समस्या पैदा गरेको छ । हुण्डीलगायत पाटाहरुलाई प्रोत्साहित गरेको छ,” उनले भने, “संगठित अपराधको जालो बढाउने, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई ध्यानाकर्षण गराएको छ । चुनौतीप्रति गम्भीर बन्न प्रेरित गरेको छ ।”

उनले तस्करी प्रकरणले छिमेकी राष्ट्रहरुको अर्थतन्त्रमा पनि नकारात्मक असर पुर्‍याउने काम गरेको बताए । साथै, उनले दोषीलाई हरहालतमा कारबाहीको दायरमा ल्याउने बताए । उनले सुन तस्करीमा नेपाललाई 'ट्रान्जिट पोइन्ट' बनाउने काम भइरहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro