देश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन् ।
मंगलबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दियो ।
सो क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल–ईयूबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १७:३३
प्रतिक्रिया दिनुहोस्