site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोलम्बिया पहिलोपटक महिला विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । कोलम्बियाले फिफा महिला विश्वकपको इतिहासमा पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

मंगलबार अस्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न रेक्टेङ्गुलर रंगशालामा सम्पन्न खेलमा जमैकाविरुद्ध १–० को जित निकाल्दै कोलम्बियाले पहिलोपटक विश्वकपको अन्तिम–आठको यात्रा तय गरेको हो । सन् २०११ को संस्करणदेखि विश्वकप खेलेको कोलम्बियाले यसअघि २०१५ मा प्रि–क्वार्टरफाइनल खेल्नु नै अहिलेसम्मको ठूलो सफलता थियो ।

कोलम्बियाको जितमा क्याटालिना उस्मेले गरेको गोल निर्णायक बन्यो । उस्मेले खेलको ५१औँ मिनेटमा गरेको गोलबाट कोलम्बियाले अग्रता बनाएको थियो ।

कोलम्बियाले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डको सामना गर्नेछ ।

प्रतियोगितामा कोलम्बिया समूह ‘एच’को विजेता बन्दै अन्तिम–१६ मा प्रवेश गरेको थियो । जमैका भने समूह ‘एफ’को उपविजेताको रुपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro