site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा माइक्रो दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका–३२, लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृतकको सनाखत भएको छैन ।

धादिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रो बुधबार दुर्घटनामा  परेकाे हाे ।

दुर्घटनामा चालकसहित आठजना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । घाइते चारजनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा तीनजनाको मृत्यु भएको हो । बाँकी सात घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्