site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न
तस्बिर : एजेन्सी ।

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुंगेधारा क्षेत्र, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत स्थान डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

jalmagna kathmandu11691473990.jpg

उनले भने, “भारी वर्षाले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् । डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ । सचेतनाका लागि वाग्मती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पेट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।”

यसैगरी, भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।

badhi11691474012.jpg

बाढीकै कारण काठमाडौंको सामाखुसीस्थित रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro