site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा अनुदानको मल महँगोमा बेच्ने दुई संस्थालाई जरिबाना

पोखरा । अनुदानको मललाई मूल्य बढाएर बिक्री गर्ने दुई संस्थालाई कास्की प्रशासनले जरिबाना गरेको छ । आइतबार प्रशासनले अनुगमन गरेपछि उपभोक्ता सहकारी संघ र अमरसिंह कृषि सहकारी संस्थाले सञ्चालन गरेको सुपथ मूल्यको कृषि सामग्री केन्द्रलाई २० हजार रुपैयाँका दरले जरिबाना गरेको हो ।

बजार अनुगमनका क्रममा पोखरा १० मा रहेको अमरसिंह कृषि सहकारीले २१ रुपैयाँको युरिया ३५ तथा ५० रुपैयाँको डीएपी ६५ रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको थियो । यसैगरी पोखरा– ८ स्थित शिवालय चोकमा रहेको उपभोक्ता सहकारी संघले अनुदानमा लगेको मल अनुमति नपाएका सहकारी र पसललाई बढी मूल्यमा बिक्री गरेको पाइएको थियो । 

अनुदानको मल बढी मूल्य लिएर बिक्री गरेको भन्ने गुनासो आएपछि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोला र महानगर कृषि महाशाखा प्रमुख मनहरि कडरियासहितको टोलीले अनुगमन गरेको थियो ।

पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको १२ साउनमा बसेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मल डिपोदेखि बिक्री केन्द्रको दुरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तथा पोटास ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म लिने गरी मूल्य निर्धारण गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro