site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अचारमा पनि विदेशकै भर, एक वर्षमा भित्रियो १० करोडभन्दा बढीको अचार

काठमाडौं । खाना खाँदा होस् या खाजा प्राय: नेपालीलाई चाहिने चिज हो– अचार । यही अचार अहिले नेपालमा विदेशबाट आउने गरेको छ । अर्थात् अचारमा पनि नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा मात्र नेपालले विभिन्न देशबाट १० करोड २ लाख १४ हजार रुपैयाँको अचार आयात गरेको छ । 

Dabur Nepal
NIC Asia

०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म तीन लाख ७१ हजार ११२ केजी विभिन्न प्रकारका अचार नेपाल भित्रिएको छ । नेपालले अस्ट्रेलिया, चीन, भारत र युनाइटेड अरब इमिरेट्स (यूएई)बाट अचार आयात गर्ने गरेको छ । 

पछिल्लो एक वर्षमा नेपालले चीनबाट सात करोड ६७ लाख ६५ हजार रुपैयाँ र भारतबाट दुई करोड ३३ लाख २८ हजार रुपैयाँको अचार आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले ७ करोड ६४ लाख ६१ हजार रुपैयाँको अचार आयात गरेको थियो । उक्त मूल्यमा तीन लाख ६७ हजार ५५२ केजी अचार नेपाल भित्रिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro