site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डेंगी संक्रमितको संख्या आठ हजारनजिक, चारवटै ‘सेरोटाइप’ देखिएको पुष्टि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या आठ हजारनजिक पुगेको छ । सन् २०२३ जनवरीयता अगस्ट ६ सम्म सात हजार ७३३ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

डेंगी संक्रमणका कारण सुनसरीको धरान उपमहानगरपालिकामा मात्र आठ र सुनसरीमै थप एक गरी नौजनाको मृत्यु भएको छ । तर, महाशाखाले हालसम्म सातजनाको मात्र मृत्यु पुष्टि गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जुलाईमा मात्र तीन हजार ६२६ संक्रमित थपिएको महाशाखाले जनाएको छ ।

यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएको महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।

Global Ime bank

विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ । नेपालमा डेंगी १, २, ३, ४ नाम दिइएको छ । फरक–फरक सेरोटाइपसहित डेंगी दोहोरिए बिरामीको अवस्था सिकिस्त हुने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement