site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
जो मेकरसँग कहिल्यै स्क्रिप्ट माग्दैनन्, पारिश्रमिक कसरी निर्धारण हुन्छ ?

काठमाडौं । हास्य कलाकार राजाराम पौडेललाई अहिले पनि चलचित्रमा अभिनय गर्न भ्याइनभ्याई छ । अहिले उनी ‘हामी तीन भाइ’को छायांकनमा व्यस्त छन् । 

उनले हालसम्म करिब दुई सयको संख्यामा फिचर फिल्ममा अभिनय गरिसकेका छन् । विसं. ०३९ सालबाट अभिनयमा प्रवेश गरेका उनले करिब तीन सय टेलिफिल्ममा अभिनय गरेका छन् । तर, उनी सिनेमा तथा टेलिचलचित्रमा काम गर्नु अगाडि कहिल्यै स्क्रिप्ट माग्दैनन् । 

Dabur Nepal
NIC Asia

राजाराम स्क्रिप्ट नै नमागी अभिनय गर्ने कलाकार हुन् । “म कहिल्यै पनि स्क्रिप्ट माग्दिनँ । कस्तो कथा हो भनेर निर्देशक तथा निर्मातासँग सोध्छु । उनीहरूले कथाबारे भन्छन्,” राजाराम बाह्रखरीसँग भन्छन्, “कथा मन पर्‍यो भने म आफ्नो भूमिका के हो भनेर सोध्छु । आफूलाई अफर गरेको रोल मन पर्‍यो भने म ओके गर्छु । तर, स्क्रिप्ट माग्दिन ।” 

राजाराम सुटिङ सेटमै गएर आफूले कस्तो रोल गर्नु पर्ने हो भनेर सोध्छन् र आफ्नो डाइलग माग्छन् । “सुटिङमा गएर म मेरो भूमिका कस्तो खालको हो भनेर सोध्छु । त्यसपछि डाइलग के छ भनेर माग्छु,” उनी भन्छन्, “त्यसपछि टेक लिनु अगाडि एकपटक प्राक्टिस गर्छु । मैले गर्ने यति मात्रै हो । अफर आउनबित्तिकै म मकेरसँग स्क्रिप्ट माग्दिनँ ।” 

उनलाई लामो रोलभन्दा छोटो–छोटो रोल भएको चलचित्र मनपर्छ । राजाराम सिन कति छ त्यहीअनुसार पारिश्रमिक चार्ज गर्छन् । “सुटिङ काठमाडौं भित्र अथवा बाहिर छ, कति सिन छ, त्याे हेरेर पारिश्रमिक लिन्छु,” उनी स्पष्ट पार्छन् । 

पछिल्लो समय आफूले नाइट सुटिङ भएका चलचित्रमा काम गर्न छोडेको राजाराम बताउँछन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro