site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय समिति सभापतिको भागबन्डा टुंगियो, कुन दललाई कति ? 
माओवादी संसदीय दल बैठकको दृष्य ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दलहरूबीच संसदीय समितिको भागबन्डा टुंगो लागेको छ । आज सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समिति सभापतिको भागबन्डा मिलेको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाका अनुसार नेपाली कांग्रेसको भागमा चार, माओवादीलाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई एक, जनता समाजवादी पार्टी (जसपा)लाई एक र जनमत पार्टीको भागमा एक संसदीय समिति परेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का भागमा तीन समिति परेको छ । कुन दललाई कुन समितिको सभापति भन्ने टुंगो लाग्न बाँकी छ ।

“संख्या टुंगियो । कुन समिति कसलाई भन्ने टुंगिन बाँकी छ । अध्यक्षको तहमा छलफल भएपछि त्यो टुंगिन्छ,” सांसद सापकोटाले बाह्रखरीसित भने ।

Global Ime bank

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने समिति सभापति नपाउने भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement