site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टर मियामी लिग्स कपको क्वार्टरफाइनलमा

काठमाडौं । लियोनल मेसीको असाधारण प्रदर्शनप्रेरित अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामी लिग्स कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न अन्तिम–१६ को खेलमा एफसी डल्लासलाई पेनाल्टी सुटआउटमा हराउँदै मियामीले प्रतियोगिताको अन्तिम–८ मा स्थान सुरक्षित गरेको हो । निकै रोमाञ्चक बनेको खेलको निर्धारित समय ४–४ को बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा मियामीका लागि मेसी, सर्जिओ बुस्केट, लियोनान्ड्रो क्याम्पाना, कमल मिलेर र बेन्जामिन क्रेमास्चीले गोल गरे । डल्लासका पाउलो एरिओला, फाकुन्डो क्विंगनोन र जिसस फेरिराले गोल गरे । पाक्सटोन मोमिकलको प्रहार भने अकासिएको थियो ।

Dabur Nepal
NIC Asia

त्यसअघि, ८४औँ मिनेटसम्म ४–३ ले पछि परेको अवस्थामा मेसीले ८५औँ मिनेटमा प्राप्त फ्रीकिकमा उत्कृष्ट गोल गर्दै मियामीलाई खेलमा फर्काएका थिए ।

मेसीले खेलको छैटौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३७औँ मिनेटमा फाकुन्डो क्विंगनोनले गोल गर्दै डल्लासलाई बराबरीमा फर्काएका थिए । ४५औँ मिनेटमा बर्नार्ड कमुंगोले गोल गरेपछि डल्लासले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

६३औँ मिेटमा एलन भेलास्कोको गोलबाट डल्लासले अग्रता ३–१ मा पुर्‍याएको थियो । ६५औँ मिनेटमा मियामीका बेन्जामिन क्रेमास्चीले गोल गदै डल्लासको अग्रता ३–२ मा झारेका थिए ।

त्यसको तीन मिनेटपछि नै मियामीका रोबर्ट थोमस टेलरले आत्मघाती गोल गरेपछि डल्लासको अग्रता ४–२ मा पुगेको थियो । ८०औँ मिनेटमा डल्लासका मार्को फर्फानबाट आत्मघाती गोल भएपछि मियामीले अग्रतालाई ४–३ मा झारेको थियो ।

खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा पेनाल्टी बक्सभन्दा बाहिरबाट पाएको फ्रीकिकमा मेसीले गोल गरेपछि मियामी खेलमा फर्किएको थियो ।

मियामी अनुबन्ध भएयता चार खेल खेलेका मेसीले सात गोल गरिसकेका छन् । उनले पहिलो खेलमा एक गोल र त्यसयताका तीन खेलमा समान दुई गोल गरेका छन् । मेसीले ‘डेब्यु’ गरेयता मियामीले हालसम्म हार व्यहोरेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro