site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंकको नाफासँगै बढ्यो वितरणयोग्य मुनाफा, लाभांश क्षमता कति ? 
SkywellSkywell

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा नाफा ७६.८६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष बैंकले चार अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

गत वर्षभन्दा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बैंकले वृद्धि गर्न सफल भएको छ । बैंकले गत वर्ष खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत वर्ष खुुद ब्याजमार्फत १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । 

गत वर्षको अन्त्यसम्म बैंकले फि तथा कमिसनबापत दुई अर्ब ८९ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ । 
 
सञ्चालन मुनाफाबापत गत वर्षको अन्त्यसम्म ११ अर्ब एक करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यो शीर्षकमा बैंकले ६ अर्ब २८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको थियो । 

KFC Island Ad
NIC Asia

बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा ३.२० प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.६२ प्रतिशत थियो । 

त्यस्तै गत आर्थिक वर्षसम्म तीन खर्ब ३२ करोड ६९ करोड ८८ लाख रुपैयाँ बैंकको कर्जा लगानी भएको छ । अघिल्लो वर्ष तीन खर्ब २० करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले गत आर्थिक वर्षसम्म तीन खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । 

Royal Enfield Island Ad

कम्पनीको वितरणयोग्य मुनाफा ३६.६१ प्रतिशतले बढेको छ । बैंकको गत वर्षसम्मको वितरणयोग्य मुनाफा तीन अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा दुई अर्ब ८९ करोड ९५ लाख रुपैयाँ थियो । 

उक्त वितरणयोग्य मुनाफा अनुसार बैंकको यो वर्षको लाभांश क्षमता १४ रुपैयाँ ६४ पैसा रहेको छ । यो भनेको एक कित्ता सेयर बराबर सेयरधनीलाई नबिल बैंकले १४.६४ प्रतिशत लाभांश दिन सक्छ । 

कम्पनीको चुक्तापुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा २७ अर्ब सात करोड सात लाख रुपैयाँ सञ्चित गरेको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशतेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro