site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनी ड्रोनबाट रुसी तेल ट्यांकरमा आक्रमण
Tiktok banner adTiktok banner ad

मस्को । युक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्यांकरमा आक्रमण गरी क्षति पुर्‍याएको नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्र (एमआरसीसी)ले शनिबार जनाएको छ ।

एमआरसीसीले ट्यांकरका चालक दल सकुशल रहेको तर आक्रमणबाट इन्जिन कोठामा क्षति पुगेको जनाएको छ ।

ट्यांकरलाई मद्दत गर्न उद्धारकर्ता र दुई टगबोट उक्त क्षेत्रमा परिचालन गरिएको थियो ।

क्राइमियाको पूर्वी छेउमा रहेको केर्च सहरका बासिन्दालाई चकित पार्ने चर्को आवाजसहित शनिबार बिहान सो आक्रमण गरिएको थियो । मुख्य भूमि रुसलाई क्राइमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द गरिए पनि फेरि खोलिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro