site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुनुवाइ समितिबाट प्रस्तावित ६ राजदूतको नाम अनुमोदन
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

Argakhachi Cement Island Ad

सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्युयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्विट्जरल्यान्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्यान्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

सुनुवाइ समितिको कार्यविधि अनुसार योग्यता अनुभवका साथ जिम्मेवारी बहन गर्ने विषयमा प्रस्तावित राजदूतसँग छलफल गरेको र उजुरीहरूमाथि समेत छलफल गरेर अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्