site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्टार्कटिकामा रुसी वैज्ञानिकले फलाए तरबुजा
Tiktok banner adTiktok banner ad

काठमाडौं । हिउँ नै हिउँको महादेश अन्टार्कटिकामा रुसी वैज्ञानिकले खेती गरेर तरबुजा फलाउन सफल भएका छन् । वैज्ञानिकले अन्टार्कटिकाको ‘पोल अफ कोल्ड’ अर्थात् पृथ्वीकै चिसो ठाउँमा रहेको भोस्टोक परीक्षण स्टेसनमा तरबुजा फलाएका हुन् ।

उक्त ठाउँमा एकपटक माइनस ८९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । भोस्टोक स्टेसनको ग्रीन हाउसमा तरबुजा फलाउन सकिने गरी वैज्ञानिकले हावाको तापक्रम र आर्द्रतालाई बढाएर अनुकूल वातावरण बनाएका थिए ।

एग्रोफिजिकल रिसर्च इन्स्टिच्युट र रुसी एकेडेमी अफ साइन्सेसको बायोमेडिकल समस्या संस्थान एवं आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई)का अनुसन्धानकर्ता यो कार्यमा सफल भएका हुन् । बिउ रोपेको ठिक १०३ दिनपछि अनुसन्धानकर्ताले ६ वटा बिरुवामा पाकेका आठ तरबुजा फलेको पाएका थिए ।

भोस्टोक स्टेसनमा उत्पादन गरिएको यो पहिलोपटक भने होइन । सन् २०२० यता अनुसन्धानकर्ताले सुप, तुलसी, बन्दागोबीजस्ता धेरै खानेकुरा फलाइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro