site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेमिट्यान्स आय १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब पुग्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को नौ महिना (चैत मसान्त)सम्म रेमिट्यान्स आय (विप्रेषण आप्रवाह) १० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तको तुलनामा रेमिट्यान्ट आय बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

०८० चैत मसान्तसम्म अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आय १७.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । ०८० चैतमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ गरी वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख ५८ हजार २२२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४९ हजार ६५२ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

०८० चैतमा संस्थागत तथा व्यक्तिगत–नयाँ गरी तीन लाख २७ हजार ८४२ र पुनः श्रम स्वीकृति दुई लाख ११ हजार २२६ ले लिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro