site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संसद् भवनको भौतिक प्रगति सन्तोषजनक भएन : सभामुख
फाइल तस्बिर।

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् । बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधीन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताए ।

आफूले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए । 

सभामुख घिमिरेले अहिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताए । उनले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गरे ।

अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उनले ठेकेदारहरुले नापेर निर्माणका काम गरिरहेको बताए । निर्माणाधीन भवनका लागि भने भुक्तानी दिन कठिनाइ नरहेको उनले बताए ।

“हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन । कामको स्पिड धेरै गएको छैन,” उनले भने, “अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले पेमेन्ट गर्न गाह्रो छ । त्यो देखेर ठेकेदार पनि काममा नापी नापी गरिरहेका छन् । तर यहाँ त्यो समस्या छैन ।”

सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद् भवनबाट सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिए पनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro