site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिनर्जी पावरले साउन २५ गतेदेखि हकप्रद निष्कासन गर्ने, कसले भर्न पाउँछ ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयरमा कम्पनीका सेयरधनीले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदमा साउन १२ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन १२ गते एक दिन बुकक्लोज गरेकोले सो दिनभन्दा अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस प्रदान गरेको छ । यो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सीडीएस एण्ड क्लियरिङबाट निर्माण गरिएको मेरो सेयर वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

हकप्रदबाट प्राप्त रकम मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको ‘मध्य होङ्गु खोला ए जलविद्युत् आयोजनाको विकास तथा निर्माण गर्नु रहेको छ । यो आयोजना सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा निर्माण भइरहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro