site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंक र दराजबीच छुटसम्बन्धी सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दराज क्यामु प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा विशेष छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका कार्ड वाहकहरूले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५०० रूपैयाँसम्म छुट पाउन सक्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिखपश्चात् नयाँ कार्ड प्राप्त गरेका ग्राहकहरूले दराजमा प्रथम पटक कारोबार गर्दासमेत थप १५० रुपैयाँसम्मको भौचर प्राप्त गर्न सक्नेछन् ।  

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

Global Ime bank

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम, तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय