site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
रामचन्द्र नेपालको ‘बस्तीमा कुहिरो’ सार्वजनिक

काठमाडौं । कथाकार रामचन्द्र नेपालको कथाकृति ‘बस्तीमा कुहिरो’ लोकार्पण गरिएको छ ।

मंगलबार काठमाडौंमा ओरिएन्टल पब्लिकेसनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ लगायतले उक्त कथाकृति सार्वजनिक गरे ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा समीक्षक महेश पौड्यालले जिन्दगीका यथार्थहरू कथाकृतिमा पाठकले पाउने बताए । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कथानकता यस कृतिले दिएको उल्लेख गर्दै विशेषगरी सुदूरपश्चिमको समाज, त्यस भेगको सीमा क्षेत्रका कथाहरू यसभित्र भेटिने बताए ।

अर्का समीक्षक डा. समीक्षा अर्यालले कथाकृतिभित्र रहेका १८ वटा कथाहरूले सिंगो नेपालको समाजलाई बोकेको बताइन् ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरि गौतम, प्रतीक ढकाल, डा. शैलेन्दुप्रकाश नेपाल, मनोज गजुरेल, रामचन्द्र नेपाल, देव नेपाल, अनिलकुमार उपाध्याय लगायतले बोलेका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro