site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक : संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारीसहित सम्बन्धित क्षेत्रमा काम गरेकाहरूको बैठक सम्पन्न भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका वर्तमान तथा पूर्वपदाधिकारी, संसदीय दलका पदाधिकारी तथा कानुन समितिका सदस्यहरू सहभागी थिए । संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयक टुंग्याउन दलीय छलफल र संसदीय समितिको छलफलले तीब्रता पाइरहेका बेला कांग्रेसले पार्टीको तर्फबाट राख्ने धारणामा समानतका लागि छलफल गरेको हो ।

छलफलबारे सहमहामन्त्री जीवन परियारले बाह्रखरीसँग भने, “टीआरसी विधेयकका बारेमा प्रमुख सचेतक रमेश लेखकले हालसम्म भएको प्रगति र अवस्थाको बारेमा जानकारी गराउनुभयो ।”

उनले बिफ्रिङपछि नेताहरूको धारणा पार्टीले बनाएको मतका विषयमा भने जानकारी गराएका छैनन् । बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिमा रहेका सदस्यहरुलाई पनि डाकिएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro