site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोपाइँ गर्न दमकलको भर, किसान चर्को मूल्य तिर्न बाध्य
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

पर्सा । रोपाइँको गीत गुञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो ।

किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ कि हुँदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु ४०० तथा बिजुलीबाट चल्नेको मूल्य प्रतिघण्टा रु ३०० तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डक नहरमा पानी छैन । स्थानीय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् ।

“आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ,” पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भने । गत वर्ष पानीको सुविधा भए पनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो । यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा किसानलाई समस्या भएको छ ।

Global Ime bank

पर्सामा साउनको दोस्रो साता बित्दा समेत ५० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बालीविकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । ग्रामीण भेगमा पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय