site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा सरकार संकट : राजेन्द्र लिङदेनले उठाए प्रश्न

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आफूले ल्याएको व्यवस्था आफैँ संकटमा नपु¥याउन प्रमुख दललाई सुझाव दिएका छन् ।

कोसी प्रदेशको सरकार संकटका विषयमा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मी कुरा गर्दै उनले सत्ता जसरी पनि लिने भन्ने कुराले व्यवस्थामाथिको प्रश्न अझ जटिल बन्ने बताए ।

Argakhachi Cement Island Ad

“हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ,” लिङदेनले प्रश्न गरे, “तपाईंहरूले ज्येष्ठ सदस्यलाई मन्त्री बनाएपछि एमालेको ज्येष्ठ सदस्यले चाहिँ थपक्क मानिहाल्छ ? राप्रपाको ज्येष्ठ सदस्यले थपक्कै मानिहाल्छ ?”

जसरी पनि सत्तामा जाने विषयले व्यवस्थामाथि प्रश्न उठाउनेहरूलाई बल पुग्ने उनको भनाइ छ । “तपाईंहरूले ल्याएको व्यवस्था तपाईंहरूकै कारण जोखिममा नपार्नुस् भन्ने मेरो सुझाव हो,” उनले भने ।

केन्द्रको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूसँग आफ्नो पटक–पटक कुराकानी भएको उनले सुनाए । प्रदेशमा पनि सोही गठबन्धनकै सरकार बनाउने भए पनि संविधान र व्यवस्थामाथि प्रश्न उठाउने काम नगर्न उनले सुझाव दिएको बताए ।

नेपाली कांग्रेसले ज्येष्ठ सदस्यलाई मन्त्री बनाए नेकपा (एमाले) र राप्रपातर्फका ज्येष्ठ सदस्य पनि संसद्मा अनुपस्थिति हुने पनि उनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्